जनकपुरधामस्थित जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने विषयमा छलफल
धनुषा । युनेस्कोको विश्व सम्पदा सुचिमा नेपालका दुई प्राकृतिकसहित १० सम्पदामा सूचीकृत छन् । युनेस्कोले पछिल्लोपटक सन् १९८४ मा चितवन राष्ट्रिय निकुञ्जलाई वल्र्ड हेरिटेज साइटमा सूचीकृत गरेको थियो भने बाँकी ८ वटालाई त्यसको पाँच वर्षअघि अर्थात् सन् १९७९ मै सूचीकृत गरेको थियो ।
यो सुचिमा धनुषाको जानकी मन्दिरलाई पनि समावेश गर्ने विषयमा छलफल भएको छ । ऐतिहासिक तथा धार्मिक महत्व बोकेको जनकपुरधामस्थित जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने विषयमा युनेस्कोको अध्ययन टोलीसँग मन्दिर परिसरमै विस्तृत छलफल भएको हो । जानकी मन्दिरको निरीक्षण तथा मूल्याङ्कनका लागि खटिएको युनेस्को टोली र मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवबिच आइतबार छलफल भएको हो ।
छलफलका क्रममा टोलीले मन्दिरको ऐतिहासिक महत्व, वास्तुशिल्प, मौलिकता, संरक्षणको वर्तमान अवस्था तथा भविष्यमुखी योजनाबारे जानकारी लिएको थियो ।

युनेस्को टोलीले सम्पदाको दिगो संरक्षण सुनिश्चित गर्न आवश्यक पूर्वाधार, व्यवस्थापन प्रणाली, सरसफाइ, पर्यटक व्यवस्थापन लगायतका विषयमा प्रत्यक्ष अवलोकन गरेको छ ।
युनेस्को टोलीले आवश्यक कागजात, ऐतिहासिक प्रमाण, संरक्षण योजना र भौतिक अवस्थाको थप अध्ययनपछि अन्तिम प्रतिवेदन तयार पार्ने छ ।
जानकी मन्दिरलाई पवित्र हिन्दू धर्मस्थलको रुपमा चिनिन्छ । मन्दिर सीताको जन्मस्थल जनकपुरमा अवस्थित छ । मुगल शैलीमा बनाइएको नेपालको ख्याति प्राप्त यस मन्दिरलाई कलाको उत्कृष्ट नमुना मानिन्छ ।
प्राचिन मिथिलाको राजधानी जनकपुरमा अवस्थित जानकी मन्दिर विश्वभरका हिन्दूको आस्थााको केन्द्र हो । भारत मध्य प्रदेशस्थित टिकमगढकी राजकुमारी वृशभानु कुंवरले १ लाख चाँदीको असर्फी खर्चेर निर्माण गराएको किंवदन्ती छ । त्यसैले मन्दिरलाई नीलकंठ मन्दिर पनि भन्छन् ।
सन् १९७८ नेपाल युनेस्कोको सदस्य बनेपछि त्यसको एक वर्षपछि अर्थात् सन् १९७९ मा काठमाडांै उपत्यकाका र सगरमाथा क्षेत्रलगायतलाई विश्व सम्पदा सूचीमा समावेश गर्न युनेस्कोसमक्ष आग्रह ग¥यो । लगत्तै सोही वर्ष उपत्यकासहित १० स्थानलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको हो ।
विश्व सम्पदा सूचिकृत नेपालका सम्पदाहरु :
१. हनुमानढोका दरबार क्षेत्र
२.पाटन दरबार क्षेत्र
३.भक्तपुर दरबार क्षेत्र
४.बौद्धनाथ स्तुपा
५.चाँगुनारायण
६.स्वयम्भुनाथ
७. पशुपतिनाथ .
८.बुद्धको जन्मस्थल लुम्बिनी
९. सगरमाथा
१०. चितवन राष्ट्रिय निकुञ्ज
क्याटेगोरी : देश








प्रतिक्रिया