Techie IT
  • २२ मंसीर २०८२, आईतबार
  • काठमाडौं
Khoj Mission News

ऋषि धमला ग्लोबल हिरो अवार्डबाट पुरस्कृत, उर्जामन्त्री कुलमानले गरे धमलाको प्रशंसा


काठमाडौं । प्राइम टेलिभिजनका अध्यक्ष ऋषि धमला ग्लोबल हिरो अवार्डबाट पुरस्कृत भएका छन् । काठमाडौंस्थित राष्ट्रिय नाचघरमा हामी नेपाली ग्लोबल संस्थाद्वारा आयोजित तेस्रो अन्तराष्ट्रिय सम्मेलनको अवसरमा नेपाली पत्रकारितामा दिएको योगदानको कदर गर्दै ग्लोबल हिरो अवार्ड प्रदान गरिएको हो ।

अवार्ड ग्रहण गरेपछि अध्यक्ष धमलाले जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकार, निर्वाचन तथा नेपालको उज्जवल भविष्यका लागि सबै एक भएर लाग्नुपर्ने सुझाव दिए । साथै अन्तरिम सरकारमा ३ वटा मन्त्रालय सम्हालिरहेका कुलमान् घिसिङलाई सबैलाई समेटेर मात्र अगाडी बढ्न धमलाले सुझाब दिए ।

उनले नेपालका परिवर्तनकारी वैकल्पिक शक्ति मिल्नुको विकल्प नभएको भन्दै त्यसको लागि आफूले पहलकदमी लिएको स्पष्ट पारे । धमलाले भने,‘अब देशमा वैकल्पिक शक्ति चाहिन्छ । पूरानो नेतृत्व असफल भयो । पूरानो नेतृत्वको कारण मुलुकमा ठूला ठूला परिवर्तन भएका छन्, आन्दोलन सफल पनि भएको छ । तर, देश र जनताको अवस्था अहिलेपनि कमजोर छ । यो सुधार गर्नको लागि अब वैकल्पिक शक्ति मिल्नुपर्छ ।’ उनले जनेजी आन्देलनमा दमन गर्नेहरुलाई कारबाहीको समेत माग गरे । धमलाले २१ फागुनको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई मतदानबाट बञ्चित गरिन नहुने तर्क गरे ।

उनले सुशासन कायम गरिनु आजको मुख्य अभिभारा भएकोले त्यसतर्फ सबैले ध्यान दिनुपर्ने बताए । देशमै रोजगारी सिर्जना गरिनुपर्ने र भ्रष्टाचार अन्त्य गरिनुपर्ने आफ्नो एकसूत्रीय एजेण्डा भएको धमलाको भनाई छ । त्यसको लागि सबै शक्ति मिल्नुनपर्ने उनले सुझाए । उनले भने,‘अहिले राष्ट्रिय सहमति र सहकार्य आवश्यकता छ । विश्वभरि छरिएर बसेका नेपालीहरुको ध्यान नेपालमा छ, अब हामीले देशलाई माथि उकास्नुपर्छ ।’

यस्तै कार्यक्रममा उर्जा, जलस्रोत, भौतिक पूर्वाधार तथा यातायात मन्त्रीले निर्वाचनका लागि सबै नयाँ तथा वैकल्पिक दलहरु एकजुट भएर लाग्नुपर्ने बताए । साथै उनले वरिष्ठ पत्रकार धमलालाई नेपाली पत्रकारिताको हिरो भन्दै प्रशंसा गरे ।

हाम्रो नेपाली ग्लोबल हिरो अवार्डबाट नेपाली राष्ट्रिय टोलीका कप्तान साबित्रा भण्डारी, वरिष्ठ गायक तथा रचनाकार संजय श्रेष्ठ पनि सम्मानित भएका थिए । राजनीति, धर्म, जाति वा वर्ग भन्दा माथि भन्ने नारा सहित स्थापित संघ ‘हाम्रो नेपाली ग्लोबल’ ले विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तिहरुलाई अवार्ड प्रदान गरेको छ ।


क्याटेगोरी : देश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode