नुवाकोट समाज, दक्षिण कोरियाको १०औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सुरेश भट्ट
दक्षिण कोरिया । दक्षिण कोरियाको सौल दोङ्देमुन स्थित नेपाल थाइ रेष्टुरेन्टको सभाहलमा सुरेश भट्टको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गर्दै आज नुवाकोट समाज, दक्षिण कोरियाको १०औँ महाधिवेशन–२०२५ भव्य रूपमा सम्पन्न भएको छ। दक्षिण कोरियामा रहेको अतिथी हरुको बाक्लो उपस्थितिमा सम्पन्न अधिवेशनमा तत्कालीन अध्यक्ष बिबी स्याङ्तान तामाङलाई समाजप्रतिको योगदानका लागि सम्मान तथा धन्यवाद अर्पण गरिएको थियो।
सोही अवसरमा नयाँ नेतृत्व चयन गर्दै आगामी कार्यकालका लागि सफलताका शुभकामना व्यक्त गरिएको थियो। अतिथिहरूको बाक्लो उपस्थिति रहेको यो अधिवेशनले सुरेश भट्टको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। बरिष्ठ उपाध्यक्षमा सुनिल रिजाल, उपाध्यक्षमा अर्जुन तामाङ, सचिवमा अश्विन अधिकारी, कोषाध्यक्षमा बाबुराम रिमाल, सह-कोषाध्यक्षमा उद्धव थापा तथा सदस्यहरूमा नविन भट्टराई, राजन गुरुङ, मदन ढुङ्गाना, प्रदिप तामाङ, विजय तामाङ, सुजन सिल्वाल, रिया पौड्यल र सन्दिप रेग्मी चयन भएका छन्।
स्थापना कालदेखि नै नुवाकोट समाज, दक्षिण कोरियाले कोरिया तथा नेपालमा विभिन्न सामाजिक तथा सहयोगमूलक गतिविधि गर्दै आइरहेको छ। नयाँ कार्यसमितिबाट पनि यस्तै सक्रियता र सामाजिक उत्तरदायित्व अझ प्रभावकारी रूपमा अघि बढाइने विश्वास व्यक्त गरिएको छ।
क्याटेगोरी : देश








प्रतिक्रिया