Techie IT
  • १ भदौ २०८२, आईतबार
  • काठमाडौं
Khoj Mission News

फिल्म निर्माताले पैसा नदिएपछि पर्दा पछाडिका प्राविधिकहरू रुष्ट, काम नगर्ने घोषणा


काठमाडौं । नेपाली मनोरञ्जन क्षेत्रमा पर्दा पछाडि बसेर काम गर्ने प्राविधिकहरूले आफ्नो पारिश्रमिक नदिने कम्पनी, निर्माता, निर्देशक र कलाकारहरूसँग काम नगर्ने भएका छन् । पारिश्रमिक नपाएको प्राविधिकहरूको पटक–पटकको गुनासोपछि प्राविधिकहरूको छाता संस्था नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा) ले यस्तो निर्णय लिएको हो ।

संघका अध्यक्ष पुस्कर लामाका अनुसार कार्यसमिति र क्रियाशील सदस्यहरूको गत शुक्रबार बसेको बैठकले पारिश्रमिक नदिने व्यक्ति तथा संस्थाका कुनै पनि नयाँ प्रोजेक्टमा काम नगर्न प्राविधिकहरूलाई आह्वान गरेको छ । यदि कोही प्राविधिकले संघको निर्णयविपरीत काम गरेको पाइएमा, संघले उक्त प्राविधिकलाई सहयोग नगर्ने चेतावनीसमेत दिएको छ ।

अध्यक्ष लामाका अनुसार १० फिल्म निर्माण कम्पनीले प्राविधिकलाई पारिश्रमिक नदिएको उजुरी संघमा परेको छ । साथै, दर्जनभन्दा धेरै संख्यामा म्युजिक भिडियो निर्माताले पनि पारिश्रमिक दिएका छैनन् । पारिश्रमिक नदिने निर्माताको सूचीमा ठूलै निर्माता कम्पनी, निर्देशक र कलाकारका चलचित्र रहेको पनि उनले बताए । समस्या समाधानका लागि नेफ्टाले आइतबार दिउँसो ती कम्पनीका प्रतिनिधिलाई छलफलमा बोलाएको छ ।

समस्या समाधान नभएसम्म ती कम्पनीका फिल्म नगर्ने मात्र होइन, नाम नै सार्वजनिक गर्ने तयारी छ’ उनले भने । पछिल्लो समय पारिश्रमिकलाई लिएर ठूलै संकट देखिएको उनको भनाइ छ । ‘चलचित्रको बाढी आउँदा समेत यो कुरालाई सम्बोधन गर्न सकिएन भने भोलि फिल्म कम भन्दा कस्तो समस्या होला’ उनले भने । पछिल्लो समय कलाकारको लाखौं पारिश्रमिकको चर्चा चलेपनि पर्दा पछाडि काम गर्ने प्राविधिकको पारिश्रमिकबारे सँधै समस्या हुँदै आएको छ ।


क्याटेगोरी : देश

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode