Techie IT
  • १ भदौ २०८२, आईतबार
  • काठमाडौं
Khoj Mission News

नख्खु कारागारको ब्लक, जहाँ ४ सय कैदीबन्दीसँगै रवि लामिछाने


ललितपुर । सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि रुपन्देही कारागारमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई ललितपुरस्थीत नख्खु कारागार स्थानान्तरण गरिएको छ । लामिछानेलाई शनिबार रुपन्देही कारागारबाट नख्खु कारागार ल्याइएको हो । लामिछानेलाई काठमाडौं ल्याउदा त्रिभुवन बिमानस्थल र नख्खु कारागार बाहिर ठूलो संख्यामा समर्थकहरु जम्मा भएका थिए । नख्खु कारागार पुराउदा लामिछाने समर्थकहरुले उहाको पक्षमा नारावाजी गरेका थिए ।

रविलाई नख्खु कारागारस्थित ‘सीआरसी’ ब्लकमा राखिएको छ । विगतमा यही ब्लकमा रौतहट विस्फोटका आरोपी अफताब आलमलाई पनि राखिएको थियो ।

रविलाई राखिएको ब्लकमा करिब ४ सय कैदीबन्दी राखिएको छ । रविलाई त्यो ब्लकको एउटा छुट्टै कोठामा राख्ने तयारी कारागारको आन्तरिक प्रशासनले गरेको छ ।

लामिछाने बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा गत चैत २५ देखि पुर्पक्षका लागि रुपन्देही कारगारमा थुनामा रहेका थिए । लामिछानेले नख्खु कारागारमा स्थानान्तरणका लागि जेठ १४ गते रुपन्देही जिल्ला अदालतमा निवेदन दिएकोमा अदालतले जेठ १६ गते अनुमति दिएको थियो ।

अदालतले अनुमति दिएको लामो समयपछि कारागार व्यवस्थापन विभागले शुक्रबार स्थानान्तरणको निर्णय गरेपछि लामिछानेलाई शनिबार नख्खु कारागार ल्याइएको हो ।

 


क्याटेगोरी : देश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode