आफू मिटरब्याजी नभएको राजकुमार बरालको दाबी

काठमाडौ । गत असार ३१ गते पक्राउ परेका राजकुमार बरालले आफू मिटरब्याजी नभएको दाबी गरेका छन् । पक्राउ परेपछि खोजमिसन न्युजडटकमले मिटरब्याजी पक्राउ भनेको भन्दै समाचार प्रकाशन गरेकोप्रति बरालले असन्तष्टि जनाएका हुन् । साथै समाचार लेखिए अनुसार आफूविरुद्ध मिटरब्याज सम्बन्धमा कुनै उजुरी नपरेको बरालको जिकिर छ । त्यसैगरी बरालका कारण एक जनाले आत्महत्या गरेको तथा सतिश श्रेष्ठसँगको कारोबारलगायतका विषय गलत भएको बरालले बताएका छन् ।
आफूलाई राजनीतिक संरक्षण रहेको भन्ने लगायतका कुरामा कुनै सत्यता नरहेको बरालको दाबी छ ।
क्याटेगोरी : देश
प्रतिक्रिया