वरिष्ठ मेकअप आर्टिष्ट अमृत मरहठ्ठाले डेनमार्कमा वर्कशप गर्ने

वरिष्ठ मेकअप आर्टिष्ट अमृत मरहठ्ठाले डेनमार्कमा वर्कशप गर्ने भएका छन् । विगत २४ वर्षदेखि श्रृगारको काम गर्दै आएका मरहठ्ठाले डेनमार्कमा दुई दिने मेकअप वर्कशप गर्न लागेका हुन् । सिक्स डिग्री प्रोडक्सनको आयोजनामा वकृशप गर्न लागिएको हो । मरहठ्ठाले भनेका छन– “मेरा अत्यन्तै प्रिय दाजु सन्तोस बैदार र सीता जीको कुरामा सहमती जनाई २ दिने श्रृंगार कार्यशाला आयोजना गरिदिने ६ डिग्री प्रोडक्सन र स्मार्ट वेयर एण्ड ग्रोसरी डेनमार्क प्रति हृदयदेखि नै आभारी छु ।”
वर्कशप दुई दिन गर्ने निश्चित भए पनि मिति भने तय गर्न बाँकी रहेको मरहठ्ठाले जानकारी दिए ।
मरहठ्ठाले चलचित्र, टेलिचलचित्र, बिभिन्न राष्ट्रिय सञ्चार माध्यम हुँदै बिदेशी चलचित्रहरुसम्म मेकअप आर्टिष्टको रुपमा काम गरिसकेका छन् । उनी नेपाली चलचित्र क्षेत्रका उत्कृष्ट मध्येका एक मेकअप आर्टिष्ट हुन् । विस ०५६ बाट चलचित्र क्षेत्रलाई आफ्नो कर्मथालो बनाउँदै आएका अमृतको पहिलो चलचित्र ‘औँठाछापा’ हो । उनले अहिलेसम्म करिब ५० चलचित्र र १०० भन्दा बढी म्युजिक भिडियो, दर्जन हाराहारीका छोटा चलचित्र र थुप्रै फोटोसुटमा समेत काम गरेका छन् ।
कामको सिलसिलामा अहिलेका वरिष्ठदेखि कनिस्ट कलाकारसम्मको मेकअप गर्न भ्याएका उनीसँग सांस्कृतिक कार्यक्रम र फेसन सोमा समेत काम गरेको अनुभव पनि धेरै छ । त्यसैगरी गाइजात्रालगायतका कार्यक्रममा प्रस्तोतालाई फरक रुपमा प्रस्तुत गर्ने काम पनि उनले गरिसकेका छन् ।
क्याटेगोरी : देश
प्रतिक्रिया