Techie IT
  • २१ असार २०८२, शनिबार
  • काठमाडौं
Khoj Mission News

किन बन्दैछ रातो पासपोर्ट ? यस्तो छ निर्मार्ता तामाङको प्रष्ट कुरा


नेपाली चलचित्र ‘रातो पासपोर्ट’ निर्माण हुने भएसँगै उत्साह बढेको छ । युरोपका देशहरूमा त्यहाँको नागरिकता ‘रातो पासपोर्ट’ प्राप्त गर्ने उद्देश्यका साथ पुगेका नेपालीहरूले गर्ने सङ्घर्षको कथालाई चलचित्रले पर्दामा उतार्ने जनाइएको छ । सिबड्र्स पिक्चर्स र होप्स बजको प्रस्तुति तथा ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा बन्न लागेको यस चलचित्रको निर्देशन सिमसोन तामाङले गर्दैछन् । चलचित्रको कथा माइकल तामाङले लेखेका हुन् भने पटकथा तथा संवाद प्रदीप कुमार चौधरीले तयार पारेका छन् ।

‘रातो पासपोर्ट’मा लोक बहादुर तामाङ निर्माताको रूपमा छन् । चलचित्रको प्राविधिक टिममा मेकअप तथा एसएफएक्सका लागि अमृत मरहट्ठा, छायाकारका रूपमा रवीन्द्र न्यौपाने र सङ्गीतकारका रूपमा जयन जे. वाइबा जोडिएका छन् ।

चलचित्र निर्माणका बारेमा निर्माता तामाङ भन्छन् — “चलचित्र एउटा यस्तो चिज हो जसले जोसुकैलाई त्यसमा तान्न सक्छ र यसबाट म पनि अछुतो रहन सकिन । चलचित्रमा नायक बन्ने मोह नभए पनि चलचित्र प्रति आकर्षण पक्कै थियो । चलचित्र समाजको ऐना पनि हो । हजारौं किताबले बदल्न नसकेको समाज एउटा चलचित्रले बदलिदिन्छ । कुनै दिन त्यस्तै किसिमको कुनै कथा भेटें भने र बजेट अनुकूल भयो भने कुनै दिन चलचित्र पनि निर्माण गर्ने चाहना मनमा थियो तर यति छिटो बनाउँछु भन्ने थिएन ।”

अचानक एक दिन निर्देशक सिमसोन तामाङ र प्रवेश पौडेलसँगको भेटमा एउटा कथा सुन्ने अवसर मिल्यो । त्यसपछि त्यो कथा मेरो मथिङ्गलमै घुमिरह्यो, भुल्नै सकिन । मलाई लाग्यो यो मेरो आफ्नै कथा हो, फेरि लाग्यो यो कथा हरेक त्यो नेपालीको हो जो बिदेशीएको छ र फेरि लाग्यो यो कथा मेरो, म जस्ता नेपालीहरूको मात्र नभई विश्वभरिबाट बिदेशिने हरेक नागरिकको कथा हो। यो मेरो मनले खोजेको कथा हो । यो कथा मैले ‘रातो पासपोर्ट’ चलचित्रको माध्यमबाट भन्नै पर्छ, देखाउनै पर्छ भन्ने लागेर मैले चलचित्र निर्माणतर्फ लागेको हुँ । यो मात्र होइन यस्तै अरू पनि धेरै चलचित्रबाट कथा भन्नेछु, देखाउनेछु । यो त मेरो शुरुवात हो ।”

को हुन् लोकबहादुर तामाङ ?

लोकबहादुर तामाङ

पोर्तुगलको लिस्बन शहरमा लोकबहादुर तामाङ ६ वर्षदेखि व्यवसाय संचालन गर्दै आएका छन् । उनले व्यवसायको माध्यमबाट प्रत्यक्ष र अप्रत्यक्ष रूपमा १०–१२ जनालाई रोजगारको अवसर प्रदान गरेका छन् । उनी कुशल जिम प्रशिक्षक पनि हुन् र उनीबाट नेपाली मात्र नभई कैयौं पोर्तुगी र विदेशी पनि प्रशिक्षित भइसकेका छन् र हाल पनि २०–२२ जना पोर्तुगी प्रशिक्षण लिइरहेका छन् ।

उनी अहिले जुन व्यवसाय र सिपबाट पोर्तुगलका एक सफल युवा उद्यमी र समाजसेवीमा परिचित लोकबहादुरले यो ख्याति विरासतमा पाएका भने होइनन् ।

देवचुली–७ रामवासबाट करिब सात वर्षअघि एक मध्यम परिवारका साधारण केटा विभिन्न दुःखकष्ट सहेर परिवार पाल्नका लागि पोल्यान्ड हुँदै पोर्तुगल आएर साधारण तलब ५५० युरोमा संघर्ष गर्दै व्यवसायीको रूपमा आइपुगे, त्यसअघि उनले जीवनमा पाउनु भन्दा धेरै गुमाएका छन् । धेरै कुरा गुमाएता पनि सधैं जसरी असफल भए पनि “एकदिन त कसो न कसो सफल नभइएला” भन्ने दृढ संकल्पले नै उनलाई यहाँसम्म ल्याएको हो ।

बिदेशी भूमिमा संघर्ष गर्दा जुन दुःख, समस्या र बाधाहरूबाट उनले गुज्रिनुपर्यो, त्यस्ता समस्या अरूले भोग्न नपरोस् भनेर अहिले मेरो व्यवसायको नाफाबाट ५% समाज सेवाका लागि छुट्याउने गरेका छन् । उनले नेपालीहरूलाई मात्र नभई अरू देशका नागरिकहरूलाई पनि मद्दत गर्ने गरेका छन् । त्यसो गर्नुमा उनी भन्छन् “के नेपाली, के विदेशी, सबैको आत्मा एउटै हुन्छ र म कसैको पनि आत्मा रोएको देख्न सक्दिन ।”


क्याटेगोरी : देश, विदेश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode