Techie IT
  • ५ असार २०८२, बिहीबार
  • काठमाडौं
Khoj Mission News

न्यूरो केयर फाउन्डेशन नेपालले गोकर्णेश्वरमा एक दिने निशुल्क शिविर आयोजना गर्दै


काठमाडौं । न्यूरो केयर फाउन्डेशन नेपालको आयोजनामा राजधानीमा एक दिने निशुल्क न्यूरो स्वास्थ्य शिविर आयोजना हुने भएको छ । गोकर्णेश्वर नगरपालिकाको संयोजनमा हुन लागेको शिविर यही असार ७ गते शनिवार विहान ८ बजेदेखि दिउँसो १ गोकर्णेश्वर नगर अस्पतालमा संचालन हुनेछ ।

शिविरमा वरिष्ठ न्यूरो सर्जन डाक्टर गोपालरमण शर्माबाट पनि बिरामीहरूको चेक जाँच गरिने वीर अस्पतालमा कार्यरत चीफ कन्सलट्यान्ट न्यूरो सर्जन डाक्टर विनोद राज भण्डारीले जानकारी दिए । न्यूरो तथा स्पाइन जाँच सहित शिविरमा काठमाडौं न्यूरो बागबजारको प्राविधिक सहयोग रहनेछ । डाक्टर राजभण्डारीका अनुसार ब्रेन ट्यूमर, मस्तिष्कघात, टाउको तथा ढाड दुखाई लगायतका समस्याबाट पीडितहरूले पनि शिविरबाट निुशल्क सेवा लिन सक्नेछन् । शिविरमा डाक्टर शर्मा र राजभण्डारी सहित, डाक्टर अनिशमान सिंह र डाक्टर प्रसन्न कार्की पनि संलग्न हुनेछन् ।


क्याटेगोरी : देश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode