कांग्रेस–एमालेसँग माओवादीले हात मिलाएपछि रास्वपा र राप्रपा अर्को कित्तामा (भिडियोसहित)

काठमाडौ । शुक्रबार प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ रास्वपा र राप्रपाका सांसद उठेर विरोध गरे । सभामुख देवराज घिमिरेले भने नेकपा माओवादी केन्द्रका सचेतक हितराज पाण्डेलाई समय दिए । तर रास्वपा र राप्रपा मानेनन् । आफूहरु संसदभित्र आन्दोलनमै रहेकाले बैठक अवरोध गरेको जानकारी गराउँदै विरोध गरिरहे दुई दलले । सभामुखले भने सबैलाई पालैपाले बोल्न दिने भने पनि मानेन् । बरु आफूहरु आन्दोलतरत दलले पहिला बोल्न पाउने माग राखे । सभामुखले पालैपाले बोल्न दिने भनिरहे । यसबचिमा पाण्डे बोल्न खोजे तर विपक्षीले होहल्ला गरे ।
फेरी सभामुखले विरोध गरिरहेका रास्वपा र राप्रपाका सांसदहरुलाई आश्वासन दिइहरहे । उता राप्रपाले पहिला आफू बोल्न पाउने दाबी गर्यो । दुई दलले भिजिट भिसा प्रकरणमा मानव तस्कर भएको विषयमा आफूहरुले आन्दोलन गरिरहेकाले पाण्डेलाई बोल्न नदिने अडान राखे । सभामुखे पाण्डेलाइ समय दिएकाले बोल्न दिन आग्रह गरे, आसन ग्रहण गर्न गरेको आग्रह अस्विकार गरे । बरु विरोधका नाममा टेबल यसरी ठटाए कि कतै टेबल नै फुट्ने त होइन भन्ने डर देखिएको थियो ।
अन्ततः सभामुखले पाण्डेलाई बोल्न दिए । तर दुई दलले टेबल झन बेसरी ठटाउन थाले, उता पाण्डे बोलिरहे ।
आक्रोषित रास्वपा र राप्रपाका सांसदले टेबल पनि यसरी ठटाए कि हेर्दा स्कुल पढ्ने अराजक विद्यार्थी जस्ता देखिन्थे उनीहरु हातमा भएको डायरीलाई बल लगाएर टेबलमा ठोकिरहेका थिए ।
विरोधकाबीच पाण्डेले आफ्ना धारणा राख्दै गृहमन्त्री रमेश लेखकले संसदमा जवाफ दिनुपर्ने बताए । आफूहरुले दुई बुँदे सहमति गरिसकेकाले अब विवाद गर्न नहुने बताए ।
पाण्डे बोलेपछि सभामुखले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बोल्न समय दिए । उनले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सत्तापक्षसमक्ष आत्मसमर्पण गरेर भिजिट भिसा प्रकरणमा निरिहता देखाएको आरोप लगाए । दुई पक्षबीच भएको दुई बुँदे सहमतिप्रति लिङ्देनले आपत्ति जनाए ।
‘१८ दिनदेखिको नाटक हामीले देखिरहेका छौँ । देशले देखिरहेको छ । अहिले प्रमुख प्रतिपक्ष दलका नेताले वीरतापूर्वक आत्मसमर्पण गर्नुभएको सुन्न पाइयो, वीरता र बहादुरीका साथ पछाडि हटेको सुन्न पाइयो । यो हुने नै यही थियो । उहाँले गणतन्त्रको रक्षाको लागि भन्नुभयो । गणतन्त्रको रक्षाको होइन, लुटतन्त्रको रक्षाका लागि यो समझदारी भएको भन्नेकुरा आम जनताले बुझेका छन् ।’ अध्यक्ष लिङ्देनले भने ।
त्यसपछि पालो आयो रास्वपाका सांसद मनिष झाको । उनले भिजिट भिसा, मानव तस्कर र संगठित अपराधमा गृहमन्त्री र कर्मचारीको संलग्नता भएको प्रमाण भएको जिकिर गरे ।
‘अख्तियारले अध्यागमनमा बदमासी भइरहेको छ त्यहाँ ध्यान देउ भनेर गृहमन्त्रालयलाई ९÷९ पटक पत्र काट्दासम्म गृह मन्त्रालय कहाँ थियो । जब अख्तियारले त्यहाँ धावा बोल्ने बेला भयो तब सबै आफ्नो कर्मचारीहरुलाई लुकाउनको लागि रातारात किन तानियो ? यदि उहाँको संलग्नता छैन, उहाँलाई जानकारी थिएन भने कर्मचारीलाई संरक्षण दिनको लागि किन तानियो ? अर्को कुरा, कर्मचारीलाई तानिसकेपछि तामेलीमा मन्त्रालयमै राख्न सक्थ्यो । त्यसलाई रोल्पा, डोल्पा सरुवा गरेर अुनसन्धान प्रभावित गर्न खोजेको पनि प्रमाणित छ ।’ झाको भनाइ थियो ।
संसद्मा यसअघि एकढिक्का देखिएका विपक्षी दलहरू दुई कित्तामा पुगेको दृश्य शुक्रबार देखियो । नेकपा माओवादी केन्द्रले सत्तारुढ दलको तर्फबाट नेकपा एमालेसँग समझदारी गरे पनि उक्त समझदारी राप्रपा र रास्वपाले मानेका छैनन् । गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्नेदेखि छानबिन समिति वा उच्चस्तरीय न्यायिक आयोग गठनको माग गर्दासम्म विपक्षी दलहरू सँगै थिए । माओवादी थप लचक भएर सत्तापक्षसँग सहमति गर्न पुगेपछि प्रतिपक्षी दुई कित्तामा बिभाजित हुन पुगेका हुन् ।
भिडियो हेर्नुहोस् :
क्याटेगोरी : देश
प्रतिक्रिया