Techie IT
  • २५ जेठ २०८२, शनिबार
  • काठमाडौं
Khoj Mission News

नेकपा एसटिएफले पठायो प्रचण्ड र विप्लवलाई पत्र, माओवादी घटकलाई एकजुट बनाउन आग्रह


काठमाडौ । नेपाल कम्युनिष्ट पार्टि (एस.टि.एफ.) ले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपाका महासचिव विप्लवलाई पत्र पठाएर समाजबादि गणतन्त्रको स्थापनाका लागि टुटफुट भएका माओवादी घटकहरुलाई एकजुट बनाउन आग्रह गरेको छ ।

एसटिएफका महासचिव कमरेड अग्निले दुई नेतालाई पत्राचार गर्दै सशस्त्र जनयुद्धको उपलब्धिको रक्षा गर्नका लागि प्रतिक्रियाहरुलाई परास्त गर्न माओवादीहरु एकजुट हुनुपर्नेमा जोड दिएका छन् । सामन्तिहरुले सडक र सडकमा उफ्रिएको भन्दै अहिलेको अवस्था सृजना हुनुमा प्रचण्ड नै दोषी भएको ठहर गरिएको छ । जनमुक्ति सेना विघटनसँगै पार्टी ध्वस्त भएको एसटिएफको निष्कर्ष छ ।

एसटिएफका महासचिव कमरेड अग्नि

संसदीय पुँजीवादमा भासिन पार्टीको गलत बाटो भएको स्मरण गराउँदै सर्वहारा वर्गलाई बिर्सिएको उक्त पत्रमा उल्लेख गरिएको छ । मुलुकका लागि लडाँईको नेतुत्व गर्न आग्रह गर्दै त्यसका लागि आफूहरु तयार रहेको कमरेड अग्निले लेखेका छन् ।

पत्रमा लेखिएको छ –“समाजवादी गणतन्त्रका लागि फेरी जनमुक्ति सेना निर्माण गरी देशमा सुशासन र समृद्धिको लागि देश र जनताको मुक्तिका लागि अर्को नयाँ क्रान्तिको आवश्यक छ । कमरेड यो पुँजीवादी व्यवस्थामा रहेर जनताको समस्या समधान हुनेवाला छैन । यो गणतन्त्रमा पुँजीवादी फाँसिस्ट दलाल संसदीय व्यवस्थाको अन्त्य हुन्न ।”

नेपाली कांग्रेस र नेकपा एमालेलाई राजतन्त्रवादी भनिएको छ ।

विप्लवबाट आशा गरिएको भए पनि पछिल्लो समय उनले पनि गलत बाटो लिएको आरोप लगाइएको छ । पत्रमा लेखिएको छ– “तपाईको रणनीतिप्रति अति आशावादी थियौँ । २८ महिना प्रतिबन्द खेपि एकिकृत जनक्रान्ति कार्यदिशा बनाई देशमा केही परिवर्तन देखाउनुहुन्छ भनि ठुलो भरोसामा हामी र स्वयम् नेपाली जन्ता आशावादी थिए । कुमार पौडेललाई गोलि हानिसकेपछि र केही साथी पक्राउ परिसकेपछि जनयुद्धका मुद्दा लगाउदा पनि तपाईं चुप लागेर बस्नु भयो तपाँईमा क्रान्तिको आँट देखिएन कमरेड ।”

प्रचण्ड र विप्लवलाई पत्र:


क्याटेगोरी : देश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode