Techie IT
  • ५ माघ २०८२, आईतबार
  • काठमाडौं
Khoj Mission News

तारा बरालको गतिविधिप्रति नेकपा (माओवादी) को ध्यानाकर्षण, सरकारले कारबाही नगरे पार्टीले गर्ने चेतावनी


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले अभियान्ता भनिने तारा बरालको गतिविधिप्रति आपत्ती जनाएको छ ।

भूमिगत रुपमा गतिविधि सञ्चालन गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को मध्य कमान्ड, ईन्चार्ज कमरेड सोवितले विज्ञप्ति जारी गर्दै तारा बरालले विभिन्न व्यक्तिहरुलाई ब्ल्याकमेल गर्ने तथा अपराधिक गतिविधिमा संलग्न हुने गरेको आरोप लगाएका हुन् ।
बरालले चितवन मेडिकल कलेजका विद्यार्थी प्रताप भन्नेलाई प्रेमको नाटक गरी अन्तितममा हत्यासमेत गरिएको गम्भीर आरोप लगाइएको छ । कोरोना महामारीको बेला २ सय त्रिपाल र ५ सयभन्दा धेरै भ्याक्सिन पोखरा लगेर बेचेकोसमेत आरोप लगाएको नेपाल कम्युनिष्ट पार्टी माओवादीले अभियान्ता हुँ भन्दै विभिन्न देशमा रहेका नेपालीबाट पैसा संकलन गरेर मोजमस्ती गरेको जिकिर गरेको छ ।

कमरेड सोवितले जारी गरेको विज्ञप्तिमा भनिएको छ– “धादिङका एक व्यक्तिबाट २० लाख लिएर बलात्कारको मुद्धा फिर्ता लिएकी । क्रिकेट खेलाडी सन्दिप लामिछानेमाथि लागेको बलात्कार काण्ड म मिलाउँछु भने तारा बरालले बुढानिलकण्ठको घर बेच्न लगाइ २० लाख रुपैयाँ लिएको तथ्य प्रमाण हामीसँग उपलब्ध छ ।”

चितवनमा एक जना मातासँग मिलेर बच्चा पढाउने नाममा मानव बेचविखन गरेकोसमेत आरोप लगाइएको छ ।

आरोप यतिमै सीमित छैन, पूर्व प्रहरी आइजिपी रणबहादुर चन्दलाई डिप्रेसनमा जाने गरी तनाब दिएको भनिएको छ । अपराध र ठगीमा संलग्न भएको भन्दै तारा बराललाई कारबाही गर्न माग गरिएको छ । कारबाही नभए आफ्नै पार्टीले कारबाही गर्ने विज्ञप्तिमा उल्लेख छ ।

हेर्नुहोस् विज्ञप्ति :


क्याटेगोरी : देश

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode