गोदावरीका स्काउटर कार्काी दीर्घसेवा पदक बाट सम्मानीत
ललितपुर । गोदावरी नगरपालिकाका स्काउटर राजेन्द्र ध्वज कार्काी दीर्घ सेवा पदक बाट सम्मानीत भएका छन ।
नेपाल स्काउटको ७३ औ स्थापना दिवसको अवसरमा लैनचारैमा आयोजित कार्यक्रममा नेपाल स्काउटका प्रमुख स्काउट एंवम युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले कार्काी लाई पदक प्रदान गरेका थिए ।
स्काउटिंगका माध्यमबाट समाजमा सकारात्मक प्रभाव पार्न व्यक्तिगत रुपमा आफ्नो ज्यान जोखिममा पारि साहसिक पूर्ण वीरताका साथ शौर्यपूर्ण कार्य गर्न सफल भई १५ वर्ष देखि निरन्तर सेवा गरेको भन्दै कार्काीलाई पदकले विभुषित गरिएको नेपाल स्काउटका निर्दशक राम भटराईले जानकारी दिए ।
कार्काी विगत २० वर्ष देखि निरन्तर स्काउट अभियानमा सक्रियताका साथ लागिरहेका छन । हाल उनी विशंखुनारायण स्काउट दल र गोदावरी रोभर रेन्जर क्रयुमा आवद रहेका छन ।
क्याटेगोरी : देश








प्रतिक्रिया