Techie IT
  • २० वैशाख २०८२, शनिबार
  • काठमाडौं
Khoj Mission News

एमाले नेतृत्वको गठबन्धनको आयु फागुन १० गतेसम्म : गगन थापा


काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले फागुनको १० गतेसम्म वर्तमान सत्ता गठबन्धन भत्किने दाबी गरेका छन् । रुपन्देहीमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै थापाले पुसको १० गते निर्माण भएको एमालेसहितको सत्ता गठबन्धन फागुनको १० गतेसम्ममा भत्काएरै छाड्ने बताएका हुन् ।

उनले निर्वाचन अगाडि जनतासंग जाँदा एउटा गठबन्धन र निर्वाचन पछि सरकार बन्दा अर्को गठबन्धन हँुदा जनतामा नैराश्यता छाएको उल्लेख गरे । चुनाव भन्दा अगाडि गठबन्धन गरेर मत मागेर आएपछि तलमाथि गर्ने अधिकार कसैलाइै नभएपनि व्यवहारमा उच्च राजनैतिक सस्कार कायम राख्न नसक्नु नेतृत्वको कमजोरी रहेको महामन्त्री थापाको भनाई छ ।

कांग्रेस नेतृत्वले गरेको गल्तीका कारण चुनावी गठबन्धन भत्किएको भए पनि जनचाहनाअनुसार कांग्रेस नेतृत्वको गठबन्धन बनाउने उनको दाबी छ । सत्ता र शक्तिको दुरुपयोग हुन नदिनका लागि एमालेले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपतिमा पराजित हुनैपर्ने जिकिर गरे ।


क्याटेगोरी : देश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode