Techie IT
  • २५ वैशाख २०८२, बिहीबार
  • काठमाडौं
Khoj Mission News

दार्चुलामा हिमपहिरोमा पुरि बेपत्ता भएका ५ जनामध्ये ३ जनाको शव फेला


दार्चुला । दार्चुलामा हिमपहिरोमा पुरि बेपत्ता भएका ५ जनामध्ये ३ जनाको शव फेला परेको छ । व्यास–१ नाम्पा पाटननजिकको भोलिङमा यार्चागुम्बा संकलनका लागि बसेका बेला माथिबाट आएको हिमपहिरोमा पुरिएर हिजो विहान ५ जना बेपत्ता भएका थिए ।

हिमपहिरोमा पुरिएर बेपत्ता भएका ५ जनामध्ये ३ जनाको शव आज बुधबार बिहान उद्धारको क्रममा फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपसिंह धामीले बताए । सशस्त्र प्रहरी र जनपथ प्रहरी सीतापुलको टोलीले उद्धार गर्ने क्रममा उनीहरूको शव फेला पारेको हो । शव घटनास्थलभन्दा अन्दाजी ६ सय मिटर पर खोल्सामा भेटिएको धामीले बताए ।

शवको सनाखत भने भएको छैन । आज पनि उक्त क्षेत्रमा हिउँका साथै पानी पनि परिरहेकाले उद्धार कार्यमा कठिनाइ भएको छ । मृत्यु हुनेमा दुई महिला र एक पुरुष रहेका छन् । अन्य २ जनाको पनि खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : देश

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode